तपाईंले जापानमा काम गर्ने क्रममा यौन सम्पर्कबाट सर्ने रोग (STD) लागेको खण्डमा वा गर्भवती भएको अवस्थामा के गर्नुपर्छ?
यस तेस्रो अध्यायमा तपाईँलाई यौन सम्पर्कबाट सर्ने रोगहरू, त्यस्तो रोग लागेमा कुन-कुन विभागमा गएर उपचार गर्न सकिन्छ भन्ने जानकारी, स्त्रीरोग तथा मूत्र रोग विभागसम्बन्धी जानकारी दिइनेछ।
यस भागमा गर्भवती महिलाहरूका लागि प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी पनि दिइनेछ, जस्तै– जापानमा गर्भवती हुन नचाहेमा के गर्न सकिन्छ, गर्भ बाहिरको योजनाविना भएमा कसरी बच्चा जन्माउने वा गर्भपतन गर्ने भन्ने जानकारी।
यसबाहेक, यस अध्यायमा यौन सम्बन्धी विषयसमेत समावेश गरिएको छ—जो हाम्रो जीवनबाट अलग गर्न सकिँदैन। यदि तपाईँ जापानमा बस्दै हुनुहुन्छ भने, यौनसम्बन्धी समस्या, यौन उत्पीडन वा यौन हिंसा भएमा के गर्नुपर्छ भन्नेबारे सल्लाह लिन सकिने स्थानहरूको जानकारी पाउनका लागि यो अध्याय पढ्नुहोस्।
• यस्तो किसिमको वाचा जापानमा निषेधित छ। जापान आउनु अघि वा जापान आएपछि पनि “गर्भवती भएमा राजीनामा दिन्छु वा आफ्नै देश फर्किन्छु” भनेर वाचा गर्न वा कागजमा हस्ताक्षर गर्न भनिएको छ भने, उनीहरूलाई “म यसमा हस्ताक्षर गर्दिन, यसो गर्नु जरुरी छैन “भन्नुहोस्।
• जापानी कानुन अनुसार, गर्भवती महिलालाई सुरक्षा प्रदान गर्ने प्रणालीहरू छन्। प्राविधिक प्रशिक्षार्थीहरूलाई पनि यस प्रणालीबाट सुरक्षित गरिएको छ।
• प्रसूति तथा स्त्रीरोग (OB-GYN) विभागमा जाँच गराउन वा गर्भावस्थाका कारण अस्वस्थ महसुस भएमा कामबाट बिदा लिन अनुमति दिइन्छ।
• कम्पनीमा परामर्श गरेपनि नमानेको खण्डमा,「तोड़ोफूकेन रोदोक्योकु कोयोउ खान्क्यो /कीन्तो बु (प्रिफेक्चरल लेबर ब्यूरो (श्रम विभाग) रोजगार वातावरण・समान अवसर विभाग )」मा पनि परामर्श गर्न सक्नुहुन्छ।
टिप्पणी गर्नुहोस्
के यो व्याख्या उपयोगी थियो?【यौन संक्रामक रोग (STI) सम्बन्धी जानकारी】
• यौन संक्रामक रोग (Sexually Transmitted Infection: STI) भनिने, यौन सम्पर्क गर्दा सर्न सक्ने रोग हो। युवाहरू बिच बढी पाइने यौन संक्रमण रोगहरु, HIV, HPV, हर्पिस, क्लामिडिया र गोनोरिया आदि हुन्। यदि केही अप्ठ्यारो महसुस हुन्छ भने, आफ्नो नजिकको क्लिनिक वा अस्पतालमा सल्लाह लिनुहोस्।
• पुरुषहरूले मूत्ररोग विभाग (Urology Department), यौन संक्रामक रोग आन्तरिक चिकित्सा विभाग (STI Internal Medicine Department), वा संक्रामक रोग चिकित्सा विभाग (Infectious Disease Medicine Department) उल्लेख गरिएको क्लिनिक वा अस्पतालमा जानु पर्छ।
• महिलाहरू चाहीं प्रसूति तथा स्त्री रोग चिकित्सा विभागको क्लिनिक/अस्पतालमा जानुहोस्।
•तपाईंलाई मन पर्ने व्यक्तिलाई कुनै रोग लागेको छ भन्ने सोच्न मन नलाग्न सक्छ, तर आफू संक्रमित हुन वा आफ्नो जीवनसाथीलाई संक्रमण हुनबाट जोगाउन, सधैं यौन सम्पर्क गर्दा कण्डम प्रयोग गर्नुहोस्।
• कन्डम प्रयोग गर्नु अतिरिक्त, यौन संक्रमण रोग(STI) बाट बच्न केवल एक मात्र व्यक्तिको साथ यौन सम्बन्ध राख्ने र प्रत्यक्ष मुख मैथुन (oral sex) नगर्ने ।
• आफुले चालनपाए पनि यौन संक्रामक रोग लागिसकेको हुन सक्छ। पहिलो पटक यौन सम्पर्क गर्दा पहिले, तपाईं र तपाईंको पार्टनर दुवैले यौन संक्रमण रोग (STI) को परीक्षण गर्दा, नजानीकन आफ्नो प्रेमी/प्रेमिकालाई संक्रमित गर्न बाट जोगिन्छ र यदि आफुलाई कुनै संक्रमण छ भने यसको उपचार पनि गर्न सक्नुहुन्छ।
• ध्यान गर्नुहोला गर्भनिरोधक चक्की (pill) केवल गर्भ रोक्नका लागि हो, यसले यौन संक्रमण रोग (STI) बाट सुरक्षा प्रदान गर्दैन।
• पाठेघरको मुखको क्यान्सर भन्नाले पाठेघरको प्रवेशद्वार (पाठेघरको मुख) नजिक हुने एक प्रकारको क्यान्सर हो।
• यो ह्युमन प्यापिलोमा भाइरस (HPV) नामक भाइरसको संक्रमणको कारणबाट हुन्छ।
• पाठेघरको मुखको क्यान्सर भनेको जो कोही महिलाहरूलाई हुनसक्ने रोग हो। यो भाइरस, मुख्यतया सेक्स (यौन सम्पर्क) मार्फत सर्दछ। यो निकै सामान्य भाइरस हो। यौन सम्बन्धको अनुभव भएकी महिला, जो कसैलाई पनि 1 चोटी त यो भाइरसबाट संक्रमित हुन्छ भनेर भनिन्छ ।
• भाइरसको संक्रमणपछि क्यान्सर विकास हुन धेरै वर्ष लाग्छ।यो भाइरस लामो समयसम्म पाठेघरको मुखमा बस्छ र बिस्तारै त्यो भागलाई क्यान्सरमा परिणत गर्दै लान्छ। क्यान्सर हुनु अघि वा क्यान्सर हुने बित्तिकै भने आफुले पनि चाल पाउँदैन।
पाठेघरको मुखको क्यान्सर हुन नदिनको लागि
•पाठेघरको मुखको क्यान्सरबाट बच्ने दुई तरिकाहरू छन्। ①HPV विरुद्ध खोप लगाउनुहोस्: पाठेघरको प्रवेशद्वारमा HPV लाई बस्नबाट रोक्नको लागि दिइने खोप छ। यो भ्याक्सिन, पहिलो पटक सेक्स गर्नु अघि, अर्थात भाइरस तपाईको शरीरमा प्रवेश गर्नु अघि दिइन्छ। यद्यपि, भ्याक्सिनले 100% रोकथाम गर्छ भनेर भन्न सकिन्दैन। भ्याक्सिन लगाएपछि पनि नियमित रुपमा परीक्षण गराउनु आवश्यक छ।
• ② नियमित रूपमा परीक्षण गराउनुहोस् (पाठेघरको क्यान्सरको जाँच): भ्याक्सिन लगाउनु भन्दा पहिले नै यौन सम्पर्कको अनुभव गरिसक्नु भएको भए पनि, नियमित रुपमा पाठेघरको मुखको परिक्षण गराई राख्नु भएको खण्डमा, क्यान्सर या क्यान्सर बन्न लागेको भाग चाँडै पत्ता लगाई, राम्रो उपचार गर्नुभयो भने, सम्भवत 100% निको हुन्छ।
• नियमित रुपमा डाक्टरलाई पाठेघरको मुखको परिक्षण गराउनेलाई「पाठेघरको मुखको क्यान्सर जाँच」भनिन्छ। जापानमा, आफू बस्ने नगर/गाउँ पालिकाद्वारा पाठेघरको मुखको क्यान्सर जाँच गरिन्छ। निःशुल्क वा थोरै शुल्कमा (लगभग ¥500) उपलब्ध गराइन्छ। 20वर्ष भन्दा माथिका महिलाहरूको लागि प्रत्येक दुई वर्षमा एक पटक गरिन्छ ।

पाठेघर मुखको क्यान्सरको जाँच कहिले गर्ने , कसरी आवेदन दिने आदि कुरा, नगर/गाउँ पालिकाद्वारा तोकिएको हुन्छ। आफु बस्ने नगर/गाउँ पालिका वा स्वास्थ्य केन्द्र / सेन्टरमा सोधपुछ गर्नुहोस्।

•यौनाङ्ग सुन्निएको छ
•यौनाङ्गमा च्वास घोच्छ
•यौनाङ्गमा फोका आएको छ
•यौनाङ्गबाट पिप जस्तो तरल पदार्थ निस्कन्छ
•अन्डरवेयरमा अहिले सम्म नदेखेको फोहोर पदार्थ टाँसिएको छ
•पिसाब फेर्दा दुख्ने वा अनौठो अनुभूति ( जलन हुने , तातो महसुस) हुन्छ
•यौनाङ्गको वरिपरि चिलाउने , आदि






• अहिले बच्चा जन्माउने इच्छा छैन भने, गर्भनिरोधक प्रयोग गरौं।
•जापानमा, महिलाले मात्र प्रयोग गर्ने गर्भनिरोधकहरु कम छन् । पुरुषको सहयोग धेरै महत्त्वपूर्ण हुन्छ। पुरुषले पनि जिम्मेवारी लिएर सँगै सोच्ने गर्नुहोस्।
• 「सुरक्षित दिन」( गर्भनिरोधक प्रयोग नगरे पनि गर्भवती नहुने दिन) भन्ने हुँदैन। महिनावारी हुने महिलाहरु जुनसुकै बेलामा पनि गर्भवती हुन सक्छन्।
|
जापानमा प्रयोग गरिने गर्भनिरोधकहरु के के छन् ?
|
कहाँ उपलब्ध हुन्छ? | यसको मूल्य कति पर्छ? |
|---|---|---|
पुरुषहरुको लागि कण्डम![]() |
100 येन सप (पसल) या कम्बिनियन्स स्टोर, ड्रग स्टोर (औषधि पसल)। जाईरयू कार्ड जस्ता ID नदेखाए पनि किन्न सक्नुहुन्छ।
|
1वटाको 50 येन〜100 येन। अनलाइन सपमा १०० वटाको १५०० येन (१ वटाको १० येन जति) मा पनि किन्न पाइन्छ ।
|
खाने गर्भनिरोधक औषधि (OC)![]() |
प्रसूति तथा स्त्री रोग चिकित्सा विभाग ।डाक्टरलाई देखाउनु भएपछि, प्रिस्क्रिप्शन प्राप्त गर्नुहोस्।
|
पहिलो चोटीमा, डाक्टरको जाँच, रगतको जाँच, प्रिस्क्रिप्शन आदि गरेर लगभग 1मान(10,000) येन जति पर्दछ। दोस्रो चोटी देखि, 1महिनाको औषधिलाई लगभग 2000 येन〜3000 येन जति स्वास्थ्य बीमाको प्रयोग गर्न सकिने छैन।
|
|
पाठेघरभित्र हाल्ने (इन्ट्रायूटरिन )गर्भनिरोधक उपकरण (IUS/IUD)
![]() |
प्रसूति तथा स्त्री रोग चिकित्सा विभाग डाक्टरलाई जाँच गराई , राख्न सक्नु हुनेछ। लगाउनु अघि परिक्षणको आवश्यक पर्दछ। भित्र राखी सकेपछि पनि नियमित रुपमा जाँच गरिनेछ। |
लगभग ४ मान येन। एक पटक राखी सकेपछि, 3〜5 वर्ष सम्म प्रभावकारी हुनेछ। स्वास्थ्य बीमाको प्रयोग गर्न मिल्दैन।
यद्यपि, महिनावारीको दुखाइ धेरै हुने व्यक्तिलाई, दुखाई कम गर्नको लागि उपचार रुपमा राख्न सकिन्छ।
यस्तो अवस्थामा, स्वास्थ्य बीमाको प्रयोग गर्न सक्नु हुन्छ र लगभग 12हजार येन जतिमा गर्न सकिन्छ।
|
आकस्मिक गर्भनिरोधक औषधि (मर्निङ्ग आफ्टर पिल )![]() |
स्त्री रोग चिकित्सा विभागको जाँच र प्रिस्क्रिप्शनको आवश्यक पर्दछ।
|
¥१०,००० वा सोभन्दा बढी स्वास्थ्य बीमाले कभर गर्दैन।
↓औषधि उपलब्ध फार्मेसीको सूची↓↓ |
जापानमा उपलब्ध नभएका गर्भनिरोधकहरू
जापानमा गर्भवती (गर्भधारण) वेब साइत कुमुस्टाका गाइकोकूजीन टोमोनी इकिरु खाई
बिस्तृत जानकारीको लागि !
कोलम : जापानमा औषधि ल्याउने बारेमा
•एक महिनाभन्दा बढी समयको लागि औषधि ल्याउँदै हुनुहुन्छ भने, तपाईंले केही निश्चित प्रक्रिया पूरा गर्न आवश्यक पर्नेछ। 「आयात पुष्टिकरण आवेदन फारम」डाक्टरको प्रिस्क्रिप्शन, मेडिकल प्रमाणपत्र, र औषधिको उत्पादन विवरण सहित भन्सारमा बुझाउनुहोस्। विदेशबाट ल्याएको औषधि कसैलाई दिनुभयो वा बेच्नुभयो भने, 「औषधि तथा चिकित्सा उपकरण ऐनको उल्लङ्घन 」मानिनेछ, र तपाईंलाई एक देखि दुई वर्ष जेल वा दस देखि बीस लाख येन जरिवाना हुनेछ। बिल्कुलै नगर्नुहोस्।.
• आयात पुष्टिकरण प्रमाणपत्र प्रक्रियाहरू: भन्सार प्रक्रियाहरूमा लगभग दुई हप्ता लाग्छ। औषधि आदिको व्यक्तिगत आयात सम्बन्धि (जापानी भाषा)
• 「महिनावारी ढिलो भईरहेको」, 「गर्भवती भएछु 」जस्तो लाग्यो भने, सकेसम्म चाँडै गर्भावस्था परीक्षण या स्त्री रोग चिकित्सा विभागमा स्वास्थ्य परिक्षण गराउन जाउँ।
• जापानमा, फार्मेसीहरूबाट (ड्रग स्टोर [औषधि पसल]) गर्भावस्था परीक्षण गर्ने किट किन्न सक्नु हुन्छ। (मूल्य: 500〜1000 येन) प्राय मानिसहरुले पहिले गर्भावस्था परीक्षण गर्ने किट किनेर परीक्षण गर्छन् र यदि पोजेटीभ आएमा मात्र स्त्री रोग चिकित्सा विभागमा जान्छन्।
•सामान्यतया, तपाईंलाई गर्भवती भएको थाहा हुँदा तपाईं ५-६ हप्ताको गर्भावस्थामा हुनुहुनेछ। Iयदि तपाईंले बच्चा जन्माउने निर्णय गर्नुभएको छ र गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरू सकेसम्म चाँडै थाहा पाउन चाहनु हुन्छ भने गर्भवती भएको जानकारी स्थानीय सरकारी कार्यालयमा बुझाउनुभयो भने, विभिन्न प्रकारका सेवा सहयोगहरु प्राप्त गर्न सक्नुहुन्छ ”.
•यदि तपाईं बच्चा जन्माउन नसक्ने अवस्थामा हुनुहुन्छ भने, गर्भावस्थाको 22 हप्ता सम्ममा (21 हप्ता र 6 दिनसम्म) गर्भपतन गर्न सक्नुहुन्छ। जापानमा, गर्भपतन गराउने महिलाहरू वा गर्भपतन गर्ने डाक्टरहरूलाई कुनै कानुनी कारबाही गरिन्दैन। तोकिएको प्रसूति तथा स्त्री रोग क्लिनिकमा सुरक्षित रूपमा गर्भपतन गराउन सकिन्छ।” .
• यदि तपाईंलाई आफू गर्भवती भएको हुनसक्छ जस्तो लागेको छ वा तपाईं गर्भवती हुनुहुन्छ तर के गर्ने थाहा छैन भने, एक्लै चिन्ता नगर्नुहोस्। तुरुन्तै सल्लाह लिनुहोस्।
–





सामान्यतया, गर्भवती/ बच्चा जन्माउँदा स्वास्थ्य बीमा प्रयोग गर्न सकिँदैन। तर स्थानीय सरकार (नगर/गाउँ पालिका) ले आर्थिक सहायता प्रदान गर्नेछ। गर्भवती भएको थाहा पाएपछि, स्थानीय सरकारी कार्यालयमा गर्भावस्थाको सूचना बुझाउनुहोस्, ताकि आर्थिक सहायता प्राप्त गर्नुहोस्।
प्राविधिक प्रशिक्षार्थीले जापान या नेपाममा बच्चा जन्माउने बेला, प्राविधिक प्रशिक्षण भिसा अस्थायी रूपमा स्थगित गरिन्छ। प्रसूति बिदा लिइ सकेपछि पुनः काम सुरु गर्न सक्नु हुनेछ।
सर्वप्रथम, आफ्नो नगर/गाउँ पालिकाको कार्यालयमा गइ, आफु गर्भवती भएको र गर्भवतीको निवेदन पेश गर्न चाहन्छु भन्नुहोस्। निवेदन पेश गर्ने तरिका बारे उनीहरुले सिकाई दिनेछ। निवेदन पेश गर्नु भयो भने, बोसी केन्को तेच्यो (मातृ र बाल स्वास्थ्य पुस्तिका) प्राप्त गर्न सक्नु हुनेछ।यसको प्रयोग गरेपछि नगरपालिकाको सार्वजनिक स्वास्थ्य नर्सबाट सपोर्ट प्राप्त गर्नु हुनेछ।
गर्भावस्था जाँच अवश्य गराउनु होस् । यदि तपाईंलाई गर्भावस्था जाँच गराउन समय अथवा बिदा चाहिन्छ भने, आफ्नो कम्पनीसँग माग्नुहोस्।तपाईंले लिने बिदा तलब पाउने बिदा हो कि बेतलबी बिदा हो भन्ने कुरा कम्पनीको नीतिमा निर्भर गर्दछ।
गर्भवस्थाको समयमा, ओभरटाइम, बिदाको दिन वा राती अबेरसम्म काम नगर्न रोजगारदातालाई अनुरोध गर्न सक्नुहुन्छ (श्रम मापदण्ड ऐनको धारा ६६)।तपाईंले रोजगारदातालाई सजिलो काम र शारीरिक रूपमा तनाव कम हुने काममा परिवर्तन गरी दिनु हुन अनुरोध गर्न सक्नुहुन्छ (श्रम मापदण्ड ऐन, धारा 65)।
यदि तपाइँलाई बिहान गाह्रो हुन्छ वा सन्चो नहुने हुन्छ भने,यस्तो अवस्थामा डाक्टरले तपाइँको कामको भार कम गर्न वा बिदा लिनको लागि सल्लाह दिनुभएको छ भने, डाक्टरलाई भनेर「मातृत्व स्वास्थ्य व्यवस्थापन निर्देशन कार्ड 」लेखाउनु होस् र त्यो तपाइँको कम्पनीलाई पठाउनुहोस् (महिला पुरुष समान रोजगार अवसर कानूनको धारा 13)।
बच्चा जन्माउनु अघि र पछि प्रसूति बिदा लिन सक्नुहुन्छ।बच्चा जन्मिने निर्धारित मिति भन्दा छ हप्ता अगाडिदेखि प्रसूति बिदाको लागि अनुरोध गर्नुभयो भने, प्रसूति बिदा लिन सकिन्छ।प्रसूति बिदा मागेको अवस्थामा रोजगारदाताले बिदा दिनुपर्छ। प्रसूति बिदा: बच्चा जन्माएको ८ हप्तासम्म काम गर्न पाइँदैन।रोजगारदाताले उनीहरूलाई काम गराउनु हुँदैन।यद्यपि, तपाईंले छ हप्ता पछि काममा फर्कन अनुरोध गर्न सक्नुहुन्छ (श्रम मापदण्ड ऐन, धारा 65)।
प्रसूति बिदाको समयमा र प्रसूति बिदा पछि तपाईंले प्राप्त गर्न सक्ने पैसा: तपाईंले आफ्नो स्वास्थ्य बीमा बाट आफ्नो तलबको लगभग दुई तिहाइ प्राप्त गर्न सक्नुहुन्छ।(「मातृत्व भत्ता」)यद्यपि, यदि तपाईंको कम्पनीले तपाईंको बिदाको समयमा पनि तलब दिइरह्यो र सो तलब तपाईंको प्रसूति भत्ताभन्दा बढी छ भने, तपाईंले यो सुविधा प्राप्त गर्न सक्नुहुन्न।
बच्चा जन्माउँदा तपाईंले पाउने पैसा: यदि तपाईं स्वास्थ्य बीमामा दर्ता हुनुहुन्छ भने, तपाईंले बच्चा जन्माएपछि 1 जना बच्चाको 420000 येन (“एकमुष्ट बच्चा जन्माउने र बाल हेरचाह भत्ता”) प्राप्त गर्नुहुनेछ। यद्यपि, डेलिभरी खर्च पहिले नै तिर्नुपर्ने पनि हुन सक्छ। त्यसैले कृपया अस्पताल सँग परामर्श गर्नुहोस्।
एक वर्ष मुनिको बच्चा हुर्काउने जो कोहीले पनि, महिला वा पुरुष दुबै , आफ्नो बच्चा हुर्काउनको लागि बिदा लिन सकिन्छ (बाल हेरचाह बिदा प्रणाली)। एक वर्ष मुनिको बच्चा हुर्काउन बाल हेरचाह बिदा लिनेहरुका लागि आर्थिक सहयोग उपलब्ध छ (「बाल हेरचाह बिदाका लाभ」)।
रोजगारदाताले गर्भावस्था, प्रसव, मातृत्व बिदा, बाल हेरचाह बिदा, आदिको आधारमा कर्मचारीहरूलाई बर्खास्त गर्न, अनुकूल नभएको पदमा स्थानान्तरण गर्न, वा उनीहरूको तलब घटाउन निषेध गरिएको छ (महिला पुरुष समान रोजगार अवसर कानूनको धारा ९-३, बाल हेरचाह र पारिवारिक हेरचाह बिदा कानूनको धारा १०, आदि)। यदि कुनै आपत /समस्यामा हुनुहुन्छ भने, कृपया तलको वेबसाइटबाट नजिकैको परामर्श केन्द्र खोजी सल्लाह गर्नुहोस्।
विदेशी कामदारहरूको लागि सामान्य श्रम परामर्श (14 भाषाहरू) स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय
• जापानको कानून अन्तर्गत, गर्भावस्थाको 22 हप्ता सम्ममा (21 हप्ता र 6 दिन) कृत्रिम गर्भपतन गर्न सकिन्छ।
•जापानमा अनुमति दिइएको गर्भपतन विधि शल्यक्रिया हो। धेरैजसो अवस्थामा, यो अस्पताल भर्नाको आवश्यकता बिना नै गरिन्छ। गर्भपतनको शल्यक्रिया, गर्भावस्थाको प्रारम्भिक चरण (12 हप्ता सम्ममा ) र त्यो भन्दा पछिको शल्यक्रिया बिधि फरक हुने भएकोले, महिलाको शरीरमा पर्ने प्रभाव पनि फरक हुन्छ । यदि गर्भपतन गर्ने नै हो भने, सकेसम्म चाँडो गर्नु भएमा शरीरमा पर्ने प्रभाव पनि कम हुनेछ।
• गर्भपतन शल्यक्रिया स्वास्थ्य बीमाले कभर गर्दैन। यद्यपि यो विभिन्न क्लिनिक र अस्पतालहरूमा फरक हुन्छ, गर्भावस्थाको प्रारम्भिक चरणमा गर्भपतनको लागत लगभग ¥१००,००० हुन्छ। यदि तपाईं गर्भावस्थाको बीचको चरणमा हुनुहुन्छ र अस्पतालमा भर्ना हुन आवश्यक छ भने, तपाईंले पहिले नै अस्पतालसँग भर्ना शुल्कको बारेमा पनि जाँच गर्नुपर्छ।
• गर्भपतन पछि, तपाईंले शारीरिक र मानसिक परिवर्तनहरू अनुभव गर्न सक्नुहुन्छ।
* शारीरिक … गर्भपतन पछि, रक्तस्राव लामो समयसम्म हुन सक्छ, र तपाईंको अर्को महिनावारी चाँडै वा ढिलो हुन सक्छ।
* मानसिक… अपराध भावनाको कारणले गर्दा तपाईं लामो समयसम्म निराश महसुस गर्न सक्नुहुन्छ।
• गर्भवती भएको थाहा पाएपछि गर्भपतन गर्ने निर्णय गर्ने बीचमा केही महिलाहरू आफ्नो पार्टनरलाई विश्वास गर्न असमर्थ हुन्छन्।
• यस प्रकारका परिवर्तनहरू असामान्य छैनन्।
• यदि तपाईं चिन्तित हुनुहुन्छ भने, प्रसूति तथा स्त्रीरोग विभाग वा मानसिक स्वास्थ्य परामर्श प्रदान गर्ने ठाउँमा परामर्श गर्न ढिलाइ नगर्नुहोस्।
• आफ्नै देशबाट गर्भपतन औषधि पठाइदिनु वा आफैं ल्याएर जापानमा लैजानु जापानी कानूनद्वारा दण्डनीय छ। यसबाहेक, डाक्टरले जाँच नगराई औषधि प्रयोग गरेर गर्भपतन गर्नु खतरनाक हुन्छ।
• यदि तपाईंलाई चिन्ता छ भने, तुरुन्तै सल्लाह लिनुहोस्।
<पुरुषहरूका लागि सन्देश>
यदि, आफ्नो प्रेमीसँग सल्लाह गरी गर्भपतन गर्ने निर्णय गर्नु भएको छ भने, आफ्नो पार्टनरलाई साथ दिनुहोस् र यो अवस्थालाई सँगै पार गर्नुहोस्।
तुरुन्तै परामर्श गर्नुहोस्। डाक्टरसँग सल्लाह नगरी आफु एक्लैले बच्चा जन्माएर, यदि बच्चाको मृत्यु भएको खण्डमा, जापानको कानून अनुसार सजाय हुन सक्छ। तपाईंको अवस्था जस्तोसुकै भए पनि, गर्भवती भएको थाहा पाएपछि, डाक्टरसँग परामर्श गर्नुहोस्।

• 「रेप (बलात्कार)」या「चिखान (यौन दुर्व्यवहार)」गर्नु जापानको कानूनमा यौन अपराध हो।
• कहिले, कहाँ, कोसँग, कस्तो प्रकारको यौन सम्बन्ध राख्ने भन्ने कुरा तपाईं आफैले निर्णय गर्न सक्नु हुन्छ। “नाईं” भन्न वा सोच्न गाह्रो अवस्था सिर्जनागरि इच्छा बिपरित यौन क्रियाकलाप गर्नु अपराध हो। यसलाई ‘सहमति बिनाको यौन सम्बन्धि अपराध अथवा सहमति बिनाको अश्लील व्यवहार सम्बन्धि अपराध’ भनिन्छ। यौन हिंसा, उमेर वा लिङ्ग सँग मतलब नभई जसलाई पनि हुन सक्छ। जस्तो सुकै अवस्थामा पनि, पीडित हुनु तपाईंको गल्ती होइन।
• आफ्नो नजिकका व्यक्ति या दम्पति/प्रेमीहरूको बीच पनि हुन सक्छ (3.7 मा)।
• यौन अपराध/यौन हिंसा कदापि माफ गर्न सकिने कुरा होइन।
• यदि तपाईं दुःखी वा चिन्तित हुनुहुन्छ भने, एक्लै सहेर नबसी पहिले परामर्श गरेर गर्नुहोस् ।


• DV* (घरेलु हिंसा) (हालको वा पूर्व-पार्टनरबाट गरिने हिंसा) अपराध हो र कदापि सहन गर्नु जरुरी छैन।
•जापानमा, 「DV (घरेलु हिंसा) रोकथाम ऐन」** भनिने कानून छ। जुन आफ्नो पार्टनरबाट हिंसा भोगी रहेका व्यक्तिहरुको बचाउको लागि बनाइएको हो। यो कानून जापानमा रहेका सबै विदेशीहरुलाई पनि लागू हुन्छ।
•एक्लैले यस्तो समस्या समाधान गर्न गार्हो हुन सक्छ, त्यसैले तुरुन्तै सल्लाह लिनुहोस्।
*घरेलु हिंसा (DV): घरेलु हिंसा
** DV (घरेलु हिंसा) रोकथाम ऐन : श्रीमान / श्रीमती बाट हुने हिंसा रोकथाम र पीडितहरूको संरक्षण सम्बन्धी ऐन कानून

(DV) पीडितहरूसँग निवास स्थिति /भिसा छ / छैन भनि छानबिन नगरिकन नै, सुरक्षा/संरक्षण गरिनेछ (इमिग्रेसन ब्यूरो समीक्षा नम्बर 26)
