यो ह्यान्डबुक जापानमा काम गरिरहनु भएका वा भविष्यमा काम गर्ने योजनामा रहेका विदेशी कामदारहरूको लागि हो।
यो ह्यान्डबुक जापानमा स्वास्थ्य उपचार गर्ने बेलाको गाइडलाइन, स्वास्थ्य बीमा र आपतकालीन समयमा गर्नु पर्ने प्रक्रियाहरु समावेश गरिएका छन्।
साथै, संक्रामक रोगको रोकथाम, मानसिक स्वास्थ्य, व्यावसायिक स्वास्थ्य, प्रजनन स्वास्थ्य सम्बन्धि प्रश्नोत्तर(Q&A) ढाँचामा उल्लेख गरिएको छ।
यस ह्यान्डबुकमा सामान्य जानकारीहरु समावेस गरिएको छ । हाल जापानमा भएको नयाँ कानून, प्रणाली, प्रक्रिया, आदिहरु उल्लेख नभएको पनि हुन सक्छ।
यसमा उल्लेख गरिएको परामर्श केन्द्र आदिको जानकारीहरु नोभेम्बर 30, 2024 सालको हो।
यस ह्यान्डबुकमा उल्लेखित जानकारी वा सामग्रीहरु, यस लेखमा संलग्न संस्थाहरू वा सरकार, स्थानीय निकायहरुको आधिकारिक विचारहरू प्रतिनिधित्व गरि लेखिएको होइन।
यस ह्यान्डबुकको मूल संस्करण अन्तर्राष्ट्रिय आप्रवास संगठनको विकास कोष IOM (International Organization for Migration) Development Fund को सहायताबाट बनाइएको हो।
यसलाई MINNA ले नेपाली भाषामा अनुवाद गरिएको हो।
नोभेम्बर 30, 2024 सालमा अपडेट गरिएको
यस प्रकाशनलाई उद्धृत गर्नु परेमा :Migrant Health Working Group (MHWG), 2022. Handbook for Vietnamese Nationals Working in Japan. MHWG, Hanoi.(नोभेम्बर 30, 2024 मा अपडेट)
विषयवस्तुमा रहेका प्रश्नहरू हेर्नुहोस् र जान्न चाहनुभएको प्रश्नको पृष्ठमा भएको [उत्तर]पढ्नुहोस्।
【उत्तर】भन्दा अझ विस्तृत जानकारीका लागि, थप विस्तृत जानकारी ! मा पाउनु हुनेछ।. यहाँ जानकारीमूलक लिङ्क या कोलमहरु राखीएको छ ।
नबुझिएको खण्डमा , 【परामर्श केन्द्र सूची】मा हेरी सल्लाह लिनुहोस्।
【जापानी भाषाको विस्तृत जानकारी】आफ्नो वरिपरिका जापानी व्यक्ति वा जापानीज भाषा बुझ्ने व्यक्तिलाई देखाई, परामर्श लिनुहोस्।
यी पात्रहरू काल्पनिक हुन्।. यस ह्यान्डबुकमा, जापानमा काम गर्दै गरेका विदेशीहरुलाई हुने जिज्ञासा र प्रश्नहरुलाई, यी पात्र (क्यारेक्टर) हरुका प्रश्नको रुपमा उल्लेख गरिएको छ।
उमेर: 35 वर्ष
पेशा: निर्माण उद्योगमा काम गर्ने कर्मचारी
जापानी भाषा लगभग बोल्न नजानेको
उमेर: 22वर्ष
पेशा: निर्माण उद्योगमा काम गर्ने कर्मचारी
भाषा: जापानी भाषा थोरै बोल्न सक्ने
उमेर: 30 वर्ष
पेशा: रेस्टुरेन्टमा काम गर्ने कर्मचारी
भाषा: जापानी भाषा थोरै बोल्न सक्ने
उमेर : 22 वर्ष
पेशा: कृषिमा काम गर्ने कर्मचारी
भाषा: जापानी भाषा थोरै बोल्न सक्ने
नोभेम्बर 30, 2024 को जानकारी
तलका सम्पर्कहरु सम्पादकीय टोली द्वारा संकलित प्रत्येक क्षेत्रसँग संबन्धित जानकारीहरु हुन।

फोनबाट चिकित्सा परामर्श लिन सक्नु हुन्छ।
जापानको कुनै पनि ठाउँबाट परामर्श लिन सक्नुहुन्छ (परामर्श निःशुल्क छ।
विभिन्न जानकारी


अग्नि तथा विपद् व्यवस्थापन एजेन्सी,एम्बुलेन्स प्रयोग सम्बन्धि गाइड (16भाषा) https://www.fdma.go.jp/publication/portal/post1.html

क्षयरोग सम्बन्धित जानकारीकोउएकि जाइडान होउजिन केक्खाकु केन्क्यूज्यो टाईसाकु सिएनबु गाइकोकूजिन देनवा सोउदान (क्षयरोग अनुसन्धान संस्थानको विदेशीहरूको लागि टेलिफोन परामर्श)
विदेशी भाषा परामर्श केन्द्रको फोन नम्बर03-3292-1219 (प्रत्येक मंगलबार 10 बजे देखि 15 बजे सम्म)
सबै सेवाहरू निःशुल्क छन् र तपाईंको गोपनीयतालाई सुरक्षित राखिने छ।
तपाईँले फेसबुकमार्फत कुनै पनि समयमा क्षयरोग सम्बन्धी परामर्श लिन सक्नुहुन्छ। तपाईँलाई भइरहेको स्वास्थ्य समस्या, जस्तै श्वासप्रश्वास सम्बन्धी लक्षणहरू (खोकी, ज्वरो, छिटो सास फेर्ने आदि) बारे छलफल गर्न लाज मान्नु पर्दैन। साथै, तपाईँले अस्पतालको जाँचको सल्लाह पनि लिन सक्नुहुन्छ। स्वास्थ्य हेरचाह र सञ्चार रोगका विशेषज्ञहरूको टोलीले तपाईँलाई सहयोग गर्नेछ।
TB Action Network
विदेशीहरूका लागि फोनमार्फत परामर्श सहयोग:
03-3292-1219 (हरेक हप्ताको मंगलबार बिहान 10:00 देखि दिउँसो 15:00 सम्म)। उपरोक्त सबै सेवाहरू निःशुल्क हुन् र तपाईँको गोपनीयता सुरक्षित गरिनेछ।
HIV/AIDS सम्बन्धित कुराहामी टेलिफोन परामर्श सेवा र एचआईभी परीक्षण सुविधाहरूको बारेमा जानकारी प्रदान गर्दछौं।

गर्भावस्था तथा प्रसव आदिजापानमा बसोबास गर्ने विदेशीहरूका विभिन्न कूराका परामर्शहरूको दिईन्छ।
परामर्शको लागि, कृपया पहिले ईमेल वा Facebook मार्फतबाट मेसेज पठाउनुहोस्।
コムスタカー外国人と共に生きる会 Kumustaka – Association for Living Together with Migrants कुमुस्टाका (Kumustaka – विदेशीहरूसँग सँगै बस्ने संघ)
Email: groupkumustaka@yahoo.co.jp

संपूर्ण जापानभर गर्भवती हुँदा परामर्श च्यानलहरूको सूची समावेश गरिएको छ। सम्पर्क जानकारी र सहयोग समय हेर्नको लागि परामर्श च्यानलमा क्लिक गर्नुहोस्।
हिंसा, घरेलु हिंसा (Domestic Violence – DV)
पूर्व वा वर्तमान प्रेम सम्बन्धमा रहेको व्यक्तिबाट हुने हिंसासम्बन्धी परामर्श च्यानल।
२४ घण्टा च्याट सहयोग उपलब्ध।
जापानको गर्भावस्था हुँदाको SOS हाटलाइन (जापानी भाषा)
अप्रत्याशित गर्भावस्थाको बारेमा चिन्तित व्यक्तिहरूको लागि लक्षित गरि जापानभरिका गर्भावस्था हुँदाको SOS हाटलाइनहरु उल्लेख गरिएको छ।
परामर्श केन्द्रको नाममा क्लिक गर्नु भयो भने, फोन नं तथा खुल्ने समयको जानकारी दिईएको छ।
घरेलु हिंसा तथा अरु हिंसाहरु
इप्पान स्यादान होउजिन स्याखाईटेकी होउसेचु सापोतो सेन्टा DV सोउडान पुरासु +( सामाजिक समावेशीकरण सपोर्ट सेन्टर DV परामर्श प्लस+)
सरकारी जनसम्पर्क अनलाइन DV (पति पत्नी वा प्रेमी/प्रेमिकाबाट हुने गरेको हिंसा)को बारेमा परामर्श (सजिलो जापानी भाषा )

विदेशी कामदारहरूको लागि परामर्श डाइल
श्रमका सर्तहरू आदिका सम्बन्धमा, अंग्रेजी भाषामा टेलिफोनबाट परामर्श गर्न सकिने काउन्टर
0570-001-706 सोम〜शुक्र 10am-3pm (दिउँसो 12 बजे) 〜दिउँसो 1बजे बाहेक)

0570-001-706
सोमबारदेखि शुक्रबार: 10:00 – 15:00 (दिउँसोको ब्रेक 12:00 – 13:00)
श्रम तथा कल्याण मन्त्रालय द्वारा सुम्पिएको व्यवसाय
अवैध ओभरटाइम काम・ओभर वर्कको कारण हुने स्वास्थ्य समस्या・भुक्तान नगरिएको ओभरटाइम जस्ता श्रम सम्बन्धित कानूनी समस्याहरुका बारेमा विशेषज्ञद्वारा गरिने टेलिफोन परामर्श।


टेलिफोन परामर्श केन्द्र : योरिसोइ हटलाइन(१० भाषा )
0120-279-338 ※नि:शुल्क फोन
विभिन्न भाषाको उपलब्ध हुने बार र समय तालिकाको लागि यहाँ हेर्नुहोस्।
SNS च्याट परामर्श केन्द्र (24 घण्टा उपलब्ध)
टोकियो सीचुन्यूकोकू जाइर्यु खान्ऋ क्योकु स्युखान गाइकोकूजिन नो तामेनो वान्स्तोप्पू गाता सोउदान सेन्ता गाइकोकूजिन सोउगोउ सोउदान सिएन सेन्ता (टोकियो अध्यागमन ब्यूरो पर्यवेक्षक, विदेशीहरूको लागि वान्स-स्टप परामर्श केन्द्र विदेशी नागरिक व्यापक परामर्श समर्थन केन्द्र)
जापानमा बसोबास गर्नु हुने विदेशीहरूको विभिन्न प्रश्न या परामर्शहरूको जवाफ दिनेछौं ।
भिसासँग सम्बन्धित समस्याहरूको बारेमा मात्र नभई, तपाईंको दैनिक जीवनको कुनै पनि समस्याहरूको बारेमा पनि परामर्श गर्न सक्नु हुनेछ।
TEL 03-3202-5535, 03-5155-4039
★ गाइकोकूजिन जाईर्यू सिएन सेन्ता(FRESC)जाईर्यू सोदान ( विदेशी नागरिक बसोबास परामर्श समर्थन केन्द्र (FRESC) बसोबास परामर्श)
बसोबास (भिसा ) योग्यताको बारे, अध्यागमन प्रक्रिया बारे इत्यादी, नबुझेको कुनै पनि कुराको बारेमा परामर्श गर्न सक्नुहुन्छ।
〇श्रीमान सँग सम्बन्ध विच्छेद गर्ने सोचमा छु। तर यसो गर्दा भविष्यमा जापानमा बसोबास गर्न पाउँछ कि पाईंदैन ? इत्यादी…
अग्रिम रिजर्भेसन (आरक्षण)सिस्टम भएकोले, पर्खनु पर्दैन। तुरुन्तै स्टाफहरूसँग परामर्श गर्न सक्नुहुन्छ।
साथै, नाम गोप्य रुपमा(नाम फेरेर) परामर्श गर्न सक्नुहुन्छ।
जापानी भाषा बोल्न नसक्ने व्यक्तिहरूका लागि, दोभाषे उपलब्ध गराउन पनि सकिनेछ।
परामर्श गर्ने तरीकामा , सिधै भेटेर (FRESC मा सिधै आउनु भई परामर्श) वा अनलाइन मध्येबाट कुनै एक छनोट गर्न सक्नु हुनेछ।
टेलिफोन परामर्श भने छैन
बहुभाषा दैनिकजीवन परामर्श केन्द्रहरूको सूची
आफू बस्ने हुने ठाउँको बहुभाषिक परामर्श केन्द्र खोज्नु भई परामर्श गर्नुहोस्।
